कीवर्डहरू -

७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

७ वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

७ वटा वित्तिय कम्पनी नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडवील फाइनान्स,  प्रोग्रेसिभ फाइनान्स तथा रिलायन्स फाइनान्स आवद्ध भएका छन् ।

यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ । आरटीजीएस प्रणालीमा रहेका बैंक ÷वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणालीमार्फत रु २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरूका ग्राहकहरुबाटै अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।