कीवर्डहरू -

चीनका लागि ओप्पोको एयर ग्लास सार्वजनिक, एसिस्टेड रियालिटीको रुपमा काम गर्ने 

चीनका लागि ओप्पोको एयर ग्लास सार्वजनिक, एसिस्टेड रियालिटीको रुपमा काम गर्ने 

ओप्पोले चीनका लागि मात्रै गूगलकै जस्तो चस्मा बनाएको छ । यसको नाम ओप्पो एयर ग्लास रहेको छ । गूगल चस्मा जसरीनै गूगल चस्मा पनि दिशा देखाउने, अनुवाद गर्ने, टेलिप्रम्प्टरको फिचर दिने, क्यालेण्डर, मौसम, फिटनेश ट्रयाकिङ र अरु फिचरहरु दिइरहेको छ ।

यसलाई ओप्पोले एसिस्टेड रियालिटी पनि भन्ने गरेको छ । यो फिचरहरु स्पार्क माइक्रो प्रोजेक्टर प्रयोग गरेर उपलब्ध गराइएको हो । यसमा ६४० X ४८० रिजोल्युसनको इमेज देखाउनका लागि माइक्रो एलइडी चिप हुने गर्दछ । यो चस्मा क्वालकम स्नापड्रागन वेयर ४१०० ले चल्ने गर्दछ ।

ओप्पो फोन वा ओपो वाचसँग कनेक्ट गरेपछि एयर ग्लासको टच बारबाट तपाईले नोटिफिकेसनहरुलाई स्लाईड गरेर हेर्न सक्नुहुनेछ । एपको बिचमा स्वीच गर्नका लागि पनि टच बारबाट सजिलै स्वाइप गर्न सकिन्छ ।

अहिलेका लागि चस्मामा अंग्रेजी, जापानीज र चिनियाँ भाषामा अनुवाद गर्न सकिन्छ । चीनमा पनि यो चस्मा सीमित एडिसनको रुपमा उपलब्ध हुनेछ ।