कीवर्डहरू -

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का उत्कृष्ट ५ लाई ह्वावे क्लाउड

शुक्रबार द सोल्टी, काठमाडौंमा, आयोजित आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ।

विधाको विजेता खेती भेन्चर प्रालिलाई  ३ हजार डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो । सोही विधाका अन्य फाइनलिस्टहरूलाई ५-५ सय डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो।

“आईसीटी क्षेत्रमा योगदान पुर्याएकोमा म सबै विजेता र फाइनलिस्टलाई बधाई दिन चाहन्छु। नेपालमा स्टार्टअपको बृद्धि भएको देख्दा हामी धेरै खुसी छौं। हाम्रो स्थानीय टोलीले पनि नेपाली स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न मेहनतका साथ काम गरिरहेको छ, र हामी विश्वास गर्छौं कि ह्वावे क्लाउड सेवा अब सबै आकारका नेपाली स्टार्टअपहरूलाई समर्थन गर्न पूर्ण रूपमा सक्षम छ” ह्वावे क्लाउडका प्रमुख इभान मोले भने ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरेका थिए ।

नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहँदै ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।