कीवर्डहरू -

ह्याक्टिभिज्म भनेको के हो ? ह्याकिङभन्दा कसरी फरक छ ?

ह्याक्टिभिज्म भनेको के हो ? ह्याकिङभन्दा कसरी फरक छ ?

ह्याक्टिभिज्म शब्द ह्याकिङ र एक्टिभिज्मबाट आएको हो । सामान्यतयाः यसको अर्थ सामाजिक र राजनीतिक उद्देश्यका लागि प्रविधिको दूरूपयोग भन्ने हुन्छ । ह्याकटिभिज्म कार्य गर्ने व्यक्तिलाई ह्याक्टिभिस्ट भनिन्छ ।

ह्याक्टिभिस्ट प्रायः कम्प्युटर विशेषज्ञहरू हुन्, जसले ह्याकिङ प्रविधि प्रयोग गर्छन् । ह्याक्टिभिष्टबाट हुने क्षति व्यापक हुन्छ ।

यसले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रालाई बढावा दिन्छ । सम्पूर्ण संस्थालाई अफलाइनमा लैजाने जस्तो साइबर अट्याक यसमा समावेश हुन सक्छ ।

ह्याकिङ र ह्याक्टिभिज्मबीच के फरक छ ?

ह्याकिङ र ह्याक्टिभिज्मको सबैभन्दा ठूलो फरक भनेको यसको उद्देश्य हो । ह्याकर आर्थिक लाभका लागि वा आफ्नो क्षमता देखाउन कम्प्युटर सिस्टममा छिर्न सक्छन् । तर ह्याक्टिभिस्ट सामाजिक वा राजनीतिक परिणाम हासिल गर्न कम्प्युटर सिस्टममा छिर्छन् । जसले कम्प्युटर नेटवर्क तोड्न र गोप्य फाइलहरू चोरी गर्न सक्छ ।

तर त्यो घटनामा ह्याक्टिभिस्टले चोरी गरेका फाइल बेच्नुको सट्टा अनलाइनमा प्रकाशित गर्छन् । कानूनी रूपमा ह्याकिङ र ह्याक्टिभिज्मबीच कुनै फरक छैन् ।

ह्याक्टिभिज्मका प्रकार

ह्याक्टिभिज्म एउटा ठूलो क्षेत्र हो । यसभित्र पनि एक्टिभिटिजहरू छन् । एनोनोमसन ब्लगिङ, वेबसाइट डिफेन्समेन्ट तथा मिररिङ, डक्सिङ, लिकिङ इन्फर्मेसन र डीडीओएस अट्याक यसका प्रकार हुन् ।

लोकप्रिय ह्याक्टिभिज्म संस्था

धेरै ह्याक्टिभिस्टहरूले स्वतन्त्ररूपमा काम गर्छन् तर केही उल्लेखनीय ह्याक्टिभिस्ट संस्था पनि छन् । जुन यसप्रकार छन् ।

एनोनोमस
एनोनोमस सबैभन्दा चर्चित ह्याकटिभिस्ट संस्था हो । यसका व्यक्तिगत सदस्य विरलै पहिचान भएका छन् ।  तर अधिकारीहरूले धेरै व्यक्तिहरुलाई गिरफ्तार पनि गरेका छन् ।

एनोनोमसले धरैजसो ठूल्ठूला संस्थाहरू र विभिन्न राजनीतिज्ञहरू विरूद्ध पनि लक्षित गर्ने गर्दछ । उनीहरुले डोनाल्ड ट्रम्प र हिलारी क्लिनटन जस्ता राजनीतिज्ञहरु पनि आक्रमण गसिकेका छन् ।

विकिलिक्स

विकिलिक्स जुलियान एसाङ्गेले स्थापना गरेको एक गैर नाफामूलक मिडिया हो । तर यो ह्याक्टिभिस्ट संगठन पनि हो । जसले महत्वपूर्ण डेटा लिक गरेको छ ।

उनीहरुले अफगानस्तान युद्धको गोप्य सूचना  प्रकाशित गरेका थिए । उनीहरुले सन् २०१६ मा अमेरिकाको राष्ट्रपतिको निर्वाचनसँग सम्बन्धित हजारौँ इमेलहरू समेत सार्वजनिक गरेका थिए ।