कीवर्डहरू -

वान प्लस नर्ड टू सिई चाँडै सार्वजनिक हुँँदै 

वान प्लस नर्ड टू सिई चाँडै सार्वजनिक हुँँदै 

वान प्लस नर्ड टू सिई चाँडैनै सार्वजनिक हुने भएको छ । यस स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट सहित एएमओएलइडी स्क्रीन डिस्प्ले रहनेछ ।

यो स्मार्टफोन सन् २०२२ को सुरुवातमै सार्वजनिक हुने अनुमान गरिएको छ । यसमा पनि वानप्ल्स सिरिजको अरु स्मार्टफानेकै ठाउँमा क्यामेरा हुनेछ । स्मार्टफोनमा मिडियाटेक प्रोसेसरको मिडियाटेक डाइमेनसिटी ९०० चिपसेट प्रयोग गरिनेछ ।

यो स्मार्टफोन ६ जिबी, ८ जिबी र १२ जिबीको र्यामसहित आउनेछ । यसमा १२८ जिबी वा २५६ जिबीको इन्र्टल स्टोरेज रहनेछ । स्मार्टफोन एन्ड्रोइड १२ मा चल्नेछ । क्यामेरामा तीन ओटा रियर क्यामेरा रहनेछ जसमा ६४ मेगापिक्सेलको मेन सेन्सर हुनेछ ।

८ मेगापिक्सेलको अल्ट्रा वाइड एगंल र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । सेल्फीका लागि १६ एमपीको क्यामेरा पनि स्मार्टफोनमा रहेको छ । यस स्मार्टफोनको नेपाली मूल्य ४४,८०० रुपैयाँ पर्ने अनुमान गरिएको छ ।