कीवर्डहरू -

ओपोको सुपर भोक चार्जिङ प्रविधि \'ओपो आर१७ प्रो\' मा

ओपोको सुपर भोक चार्जिङ प्रविधि \'ओपो आर१७ प्रो\' मा

काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामी मध्य अधिकांश अझैपनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ । यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथ सन् २०१४मा ओपोले आफ्नो ‘प्रोप्राइटरी र्यापिड चार्ज’ प्रविधि, ‘भोक फ्ल्याश’ चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्न पुग्योको थियो । नेपालमा पनि मध्य डिसेम्बरमा सार्वजनिक सुपर भोक भएको आर१७ प्रो स्मार्टफोन प्रयोगकर्ताहरु माझ लोकप्रियता र चर्चा कमाइरहेको छ ।

साधारण ५भी/१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिव्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ । यही क्षमताका कारण ओपोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो । ब्राण्डका अनुसार हाल विश्व बजारमा १० करोड भन्दा बढी यो प्रविधि भएको फोनहरु बिक्रि भइसकेका छन् ।

सन् २०१६मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्व बजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिव्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा रहेको छ ।

अध्ययन ः सुपर भोक पूर्ण सुरक्षित

तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी/५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त ? विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी र्हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ ।

टीयूभी र्हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओपोको आर१७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि ‘हेभी ड्यूटी’ मात्र नभई चार्जिङ कार्यका लागि वास्तवमै निकै तिव्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ । संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभल मात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्म पुगेको जानकारी दिइएको छ ।

टीयूभीले अहिले सम्म मात्र ३ ओटा मोबाइल फोनमा भोक फ्ल्यास चाज प्रविधि/उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । ती मध्ये दूई ओटा ओपो आर१७ प्रो र फाईन्ड एक्स रहेका छन् ।