कीवर्डहरू -

\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल

\'हाम्रो नेपाली किबोर्ड’ एप एक करोड पटक डाउनलोड हुन सफल

हाम्रो नेपाली किबोर्ड गुगल प्ले स्टोरमा एक करोड पटक डाउनलोड भएको छ । फेसबुक र स्मार्टफोन आउने क्रममा नेपाली लेख्न नमिल्ने असहजता हटाउन सन् २०१४ मा हाम्रो पात्रोले नेपाली किबोर्ड एप सार्वजनिक गरेको थियो ।

यो एप ल्याएपछि नेपालीमा टाइप गर्न सुविधा मिलिरहेको छ । रोमनबाट नेपाली तथा चलन चल्तीको देवनागरी लिपी सुविधा किबोर्डमा छ । सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै १० लाख पटक डाउनलोड पार गर्ने पहिलो नेपाली एप थियो ।

योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोड संख्यामा डाउनलोड हुने सूचीमा परेका हुन् । यसअघि ‘हाम्रो पात्रो’ एपले यो सफलता पाइसकेको छ ।

एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।

यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) मोबाइल अनुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउनसक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले भने ।