कीवर्डहरू -

अब भारतमा आइफोन १३ निर्माण हुँदै

अब भारतमा आइफोन १३ निर्माण हुँदै

एप्पलले भारतमा आइफोन १३ को निर्माण प्रक्रिया सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को ट्रायल प्रडक्सन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो ।

फेब्रुअरी सम्ममा कम्पनीले दुवै भारतीय बजार र बाहिर निर्यातका लागि व्यवसायिक निर्माण प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।

एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको छ जसले गर्दा भारतमा तिव्र गतिले निर्माण सुरु गरिने कम्पनीले जनाएको छ ।

भारतमा निर्माण गर्न सुरु गरेसँगै विश्वव्यापी रुपमै सप्लाईमा वृद्धि हुने कम्पनीको विश्वास रहेको छ ।