कीवर्डहरू -

४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने

४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने

एप्पलको आइफोन १४ ४८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुने भएको छ । सन् २०२३ मा सार्वजनिक गरिने भनिएको आइफोनमा पेरिस्कोप लेन्स पनि हुने बताइएको छ ।

विशेषज्ञ मिङ चि कुओको अनुसार ४८ मेगापिक्सेलको क्यामेरा आइफोन १४ को प्रो मोडेलका लागि मात्रै उपलब्ध हुनेछ । अहिले आईफोनहरुले फोर केमा भिडियो रेकर्ड गर्न दिने गर्दछन् तर आइफोन १४ प्रो मोडेलमा एट केमा भिडियो रेकर्ड गर्न पाइनेछ ।

एट के रिजोल्युसनको भिडियो एप्पलको एआर वा भिआर सेटमा पनि हेर्न सकिनेछ । मिङ चि कुओले आइफोन १४ प्रोमा पिक्सेल बाइनिङ प्रक्रिया प्रयोग गरेर ४८ मेगापिक्सेल र १२ मेगापिक्सेल दुवैमा आउटपुट पाउन सकिने बताएका छन् । । ४८ मेगापिक्सेललाई उज्यालो ठाउँमा र १२ मेगापिक्सेललाई अध्याँरो ठाउँमा प्रयोग गर्न सकिनेछ ।