कीवर्डहरू -

पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै

पुस ८ गते प्रेसिडेन्सियल आईटी कन्क्लेभ आयाेजना हुँदै

प्रेसिडेन्सियल बिजनेस स्कुलले प्रसिडेन्सियल आइटी कन्क्लेभ २०२१ आयोजना गर्ने भएको छ । यो वर्ष संस्थाले प्रसिडेन्सियल आइटी कन्क्लेभको दोस्रो संस्करण आयोजना गर्ने भएको हो । यो कन्क्लेभ २३ डिसेम्बरको दिन एकबजे देखि याक एण्ड यति होटेलमा आयोजना गरिने आयोजकले बताएका छन् ।

यस आइटी कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ । त्यस्तै कार्यक्रममा आइटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि गहन छलफल  गरिनेछ ।

यस कन्क्लेभले अरु विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिने लक्ष्य राखेको प्रेसिडेन्सियल बिजनेस स्कुलको भनाइ रहेको छ ।

तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको प्यानेलिस्टमा एसोसियट प्रोफेसर डा. बाल कृण्ण बाल, डा. विशेष खनाल र एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे रहेका छन् ।

दोस्रो राउण्डको सेसनमा प्यानेलिस्टमा दृष्टि कन्साकार, प्रकाश अर्याल र यास्मिन भट्टराई रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं र डा.भोगेन्द्र मिश्र रहेका छन् ।

संस्थाले कार्यक्रममा प्यानेल डिस्कसन र क्यू एण्ड ए सेसन राख्नेछ जसमा नेपालमा आइटी करिअरको भविष्य, नेपालमा गरिएको आइटी रिसर्च र इनोभेसन तथा एआई, ब्लकचेन र मेटाभर्स जस्ता विषयमा छलफल गरिनेछ ।