कीवर्डहरू -

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्स र लुम्बिनी बैंकबीच डिजिटल इकोसिस्टम विस्तारका लागि सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्य सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, र सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी र विशाल जोशीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंकका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सेवा उपयोग गर्न पाउनेछन् ।

पेमेन्ट सोलुसनले अधिकाशं तीनवटै वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरूसँग सहकार्य गरिरहेको छ । अहिलेसम्म ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य भएको सोलुसनले जानकारी दिएको छ ।