कीवर्डहरू -

बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी

बिटकोइन लामो समयसम्म नरहने एक विज्ञको चेतावनी

पछिल्लो समय बिटकोइनले बजार तताएको छ । विश्व २१ औं शताब्दीमा प्रवेश गर्दा क्रिप्टोकरेन्सीले बजारमा हलचल ल्याएको छ ।

ठूला बहुराष्ट्रिय कम्पनीहरूले बिटक्वाइनलाई आफ्नो मुद्राको रूपमा प्रयोग गर्दै आएका छन् र कर्मचारीहरूलाई मासिक पारिश्रमिक भुक्तान गर्न पनि प्रयोग गरिरहेका छन् । केही समयदेखि यसको मूल्यमा उछाल आएको छ ।

तपाईलाई सुन्दा अचम्म लाग्छ होला, आजभन्दा १० वर्ष अगाडि बिटकोइनको मूल्य शुन्य थियो । तर आज लाखौंमा कारोबार भइरहेको छ । बिटकोइन इन्टरनेटको भर्चूअल मुद्रा सुरु देखि नै विवादास्पद रहदै आएको छ  । मानिसहरु यसलाई इन्टरनेटमा वास्तविक सामग्रीहरु खरिद गर्नको लागि प्रयोग गर्न थालिसकेका छन् ।

विश्व बजार नै तताएको बिटकोइनको भविष्य के हुन्छ भनेर बेला बेला विभिन्न प्रश्न उठ्ने गरेका छन् । तर एक जना विज्ञले भने बिटकोइन भविष्यमा काम लाग्ने नलाग्ने मुद्रा हुने चेतावनी दिएका छन् ।

कर्नेल विश्वविद्यालयका अन्तर्राष्ट्रिय व्यापारका वरिष्ठ प्राध्यापक ईश्वर प्रसादले बिटकोइन लामो समयसम्म नरहने सिएनबिसि लाई बताएका छन् । बिटकोइनको मूल्यमा दैनिक उतारचढाव आइरहेको हुन्छ । गत महिनानै एउटा कोइनको मूल्य ५८  हजार डलरबाट ४६ हजार डलरभन्दा कममा झरेको छ ।

केही समय अघि एकदमै कम मात्रामा मात्रै क्रिप्टोकरेन्सीरहेको थियो भने अब सयौँ क्रिप्टोकरेन्सीहरु आइसकेका छन् । ती क्रिप्टोकरेन्सीहरु बिटकोइन भन्दा बढि उपयोगी र वातावरणमैत्री रहेको पनि पाइएको छ । बिटकोइनले ब्लकचेन प्रविधिको प्रयोग गर्ने गर्दछ जुन पनि त्यति उपयोगी हुदैन् ।

प्रसादका अनुसार केही क्रिप्टोकरेन्सीले बिटकोइनले भन्दा राम्ररी ब्लकचेन प्रविधिको प्रयोग गरेका छन् । बिटकोइन त्यति राम्रो नभएता पनि बिटकोइनलेनै डिजिटल क्रिप्टोकरेन्सीको ट्रेन्ड ल्याएको कुरा पनि नकार्न नसकिने प्रसाद बताउँछन् ।