कीवर्डहरू -

बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

बिहीबार ‘प्रेसिडेन्सियल आईटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ । होटल याक एण्ड यतीमा पुस ८ गते बिहिवार आयोजना हुने कन्क्लेभमा ३ महत्वपुर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन ।

दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।

कार्यक्रममा आइटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

त्यस्तैगरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइनेछ ।

आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपुणर् हुने कलेजका आइटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताए ।

तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एसोसियट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् ।

दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।

कलेजले कार्यक्रममा प्यानल डिस्कसनसँगै क्यू एण्ड ए सेसन पनि समावेश गरेको छ । कार्यक्रममा कीनोट स्पीकरको रुपमा प्रोफेसर डा.शसिधर राम जोशी रहेका छन् ।

अमेरिकन बिजनेशन तथ आइटी डिग्री प्रदान गर्दैै आइरहेको कलेजले गत वर्षदेखि आइटी कन्क्लेभको सुरुवात गरेको हो ।

ब्याचलर्स र मास्टर्समा आइटी शैक्षिक कार्यक्रमहरु सुरुगरेपछि कलेजले आइटी क्षेत्रमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

गत मसिंर महिनामा लिभिङ विथ आइसिटीको सहकार्यमा कलेजमा स्टार्टअप एण्ड आइडिया फेस्टको आयोजना भएको थियो ।

यस वर्षको आइटी कन्क्लेभले सूचना प्रविधि, यसको सम्भावना तथा अवसरको लागि छलफल गर्ने एउटा महत्वपुर्ण प्लाटफर्म हुने कलेजका कार्यकारी अध्यक्ष केसीले बताए ।