कीवर्डहरू -

६६४ जनालाई क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिन सकिन्छ आवेदन

६६४ जनालाई क्लासिक टेकमा रोजगारीको अवसर, यसरी दिन सकिन्छ आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ६६४ जना कर्मचारी मागेको छ । कम्पनीले कर्पोरेट र शाखा कार्यालयमा काम गर्ने गरी ६६४ जना नयाँ कर्मचारी माग गरेको हो ।

कम्पनीले नेपालभरका लागि शाखा प्रबन्धकमा २८ जना, फ्रन्ट डेस्क एशोसिएटमा ८० जना, डोर टु डोर सेल्स एशोसिएट्समा २५० जना, एफटिटिएच सेल्स एशोसिएट्स २०० जना र फाइबर सुपरभाइजर ६२ जना माग गरेको छ ।

त्यस्तै क्लासिक टेकले काठमाडौंका लागि २ जना एचआर म्यानेजर, २ जना कर्पोरेट म्यानेजर र ४० जना कल सेन्सर एशोसिएट माग गरेको छ ।

रोजगारीका लागि इच्छुक उम्मेद्वारले [email protected] मा आफ्नो सीभी इमेल गर्न सक्ने छन् । ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारीसाधन भएका व्यक्तिलाई आवेदनका लागि प्रेरित गर्ने कम्पनीले जनाएको छ ।