कोरियन डिजाइनमा इन्फ्रारेड प्रविधिको नेपाली ब्राण्ड ‘ई-चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ । ई-चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत इन्धनको खर्च घटाउने ई-चुलोको उत्पादक दिगो विकास प्रालिका संचालक धर्म केसी बताउँछन् ।
‘हामीले नेपालीको कुकिङ कल्चरलाई ध्यानमा राखेर इ चुलोको डिजाइन गरेका छौँ,’ केसीले भने ‘इ चुलोमा खाना पकाउन, मकै भुट्न, दूध लगायतका तरल पदार्थ तताउन सकिन्छ । साथै हरियो मकै, गोलभेडा तथा मासु पोल्न समेत सहज छ ।’
टच सेन्सर कन्ट्रोल र डिजिटल डिस्प्ले रहेकोले चुलो चलाउन सहज र आकर्षक छ । बजारमा पाइने इन्डक्सन चुलो भन्दा कम वाट खपतगर्ने केसीले जानकारी दिए । पछिल्लो समय नेपालमा लोडसेडिङ हटे सँगै विद्युतिय चुलोको लोकप्रियता बढेको सन्दर्भमा छिटो पाक्ने र किफायती इ चुलो बजारमा ल्याएको केसीले बताए ।
समतल पिँध भएको सबै भाँडा प्रयोग गर्न सकिने इ चुलोमा आफुलाई चाहिएको तापक्रम सेट गरेपछि खाना डड्ने साथै उम्लिएर पोखिएर जाने समस्या नहुने केसी बताउँछन् । पावर कट गरेपछी केही समय चुलो तातै रहने भएकोले खाना भर्सिएर पाक्ने बताइएको छ ।
उपभोक्ताले इन्धनको खर्च घटाउन सक्ने, भान्सामा ग्याँसको कारणले हुने आगलागी लगायतका दुर्घटनाको डर नहुने भएकाले ई-चुलोको लोकप्रियता बढेको छ ।
नेपालमा निर्माण सम्पन्नको चरणमा रहेका जलविद्युत आयोजनाका हजार मेगावाट बिजुली केही महिनामै केन्द्रिय प्रशारण लाईनमा जोडिदै छ ।
यो सन्दर्भमा नेपालको बिजुली नेपालमै सदुपयोग गर्न र कम मुल्यमा बिजुली बिदेशमा बिक्री गर्न भन्दा नेपालमै बिक्री गर्नु नेपाल विद्युत प्राधिकरणलाई समेत फाइदा हुने भएकोले सरकारले विद्युतीय उर्जा मैत्री नीति लिनुपर्ने केसीको तर्क छ ।
‘विदेशी ग्याँस छोडौं, नेपाली बिजुली जोडौं’ भन्ने नेपाल सरकारको नारालाई पनि इ चुलोले सघाउने केसी बताउँछन् ।
साथै विद्युतीय चुलोको खपतले ग्यासको आयातलाई समेत प्रतिस्थापन गर्ने भएकोले यसखालका उत्पादनले वैदेशिक व्यापार घाटा समेत कम गर्ने देखिन्छ ।
स्टिल बडी भएको चुलोको एक बर्ष र ग्लास बडी भएको चुलोको २ बर्ष वारेन्टी रहेको ई-चुलोको नेपालभर बिक्री वितरणको जिम्मा लिबर्टी इन्जिनियरिङ सोलुसनले लिएको छ ।
ई-चुलोको नेपालमा नविकरणीय उर्जा परिक्षण केन्द्र (आर,ई,टि,एस ) र त्रिभुवन बिश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतको उर्जा अध्ययन केन्द्रमा परिक्षण गराइएको र यसको इनर्जी इफिसेंसी नेपालमा उपलब्ध अन्य इन्फ्रारेड बिधुतिय चुलोहरुको तुलनामा बढी भएको केसिले बताए ।
वरिष्ठ उर्जाविद एवं प्राध्यापक डा. जगतनाथ श्रेष्ठले ई-चुलोको बारेमा गरेको अनुसन्धानले पनि सो कुरा प्रस्ट्याउने केसीको भनाइ छ ।
हाल दुइमुखे चुलो बिक्री गरिसकिएको ई-चुलोका अन्य धेरै डिजाइनका चुलो छिट्टै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।
दुई बर्ष सम्मको व्यापारलाई सर्वेक्षण गर्दा चुलो प्रयोग गरि बिग्रीएर मर्मतमा आउनेको संख्या एक प्रतिशत भन्दा पनि कम रहेकोले अब देशै भरी स्थानिय गाउँ र सहरमा डिलरसिप दिएर बिक्री विस्तार गर्ने बताइएको छ ।