कीवर्डहरू -

होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने

होटल याक एण्ड यतीमा आज आइटी कन्क्लेभ हुँदै, भविष्यका प्रविधि बारे छलफल गरिने

होटल याक एण्ड यतीमा आज दिउँसो १ बजेदेखि प्रेसिडेन्सियल आइटी कन्क्लेभ आयोजना हुने भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त कन्क्लेभमा ३ महत्वपूर्ण प्यानल सेसनहरु सञ्चालन हुनेछन् ।

दोस्रो संस्करणको रुपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरु र त्यसले ल्याएको व्यवसायिक परिवर्तन बारे छलफल गरिनेछ ।

कार्यक्रममा आइटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

त्यस्तैगरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरुलाई आईटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइनेछ ।

आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरुको लागि यो कार्यक्रम महत्वपूर्ण हुने कलेजका आइटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताए ।

तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एशोसिएट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जिब प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् ।

दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिहं, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।

कलेजले कार्यक्रममा प्यानल डिस्कसनसँगै क्यूएनए सेसन पनि समावेश गरेको छ । कार्यक्रममा कीनोट स्पीकरको रुपमा प्रोफेसर डा.शसिधर राम जोशी रहेका छन् ।

यस वर्षको आइटी कन्क्लेभले सूचना प्रविधि, यसको सम्भावना तथा अवसरको लागि छलफल गर्ने एउटा महत्वपूर्ण प्लाटफर्म हुने कलेजका कार्यकारी अध्यक्ष केसीले बताए ।