कीवर्डहरू -

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

गूगललाई उछिन्दै टिकटक बन्यो विश्वकै सबैभन्दा धेरै हेरिने वेबसाइट

टिकटक विश्वमै सबैभन्दा चर्चित वेब डोमेन बन्न सफल भएको छ । गूगलको शीर्ष स्थानलाई उछिन्दै विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट बन्न टिकटक डटकम बन्न सफल भएको हो ।

पाँच वर्ष पुरानो एप टिकटकले गूगलको डोमन गोलियाथ गूगल सर्चलाई र गूगलको अरु डिजिटल प्रार्पटीलाई पछि पार्दै शीर्ष स्थान हासिल गर्न सफल भएको हो ।

यसको बारेमा क्लाउडफ्लेयरले रिपोर्ट तयार पारेको हो । गत वर्षको क्लाउडफ्लेयर रिपोर्ट अनुसार टिकटकले सातौँ स्थान हासिल गरेको थियो ।

गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, नेटफ्लिक्स र अमेजन पछि मात्रै टिकटकको स्थान रहेको थियो । टिकटक क्लाउडफ्लेयरको शीर्ष दशमा हुने एक मात्र गैर अमेरिकी कम्पनी रहेको छ ।

क्लाउडफ्लेयरले यो रैकिगं इन्टरनेट ट्राफिकमा रहेको एग्रिगेटेड डेटाको मार्फत निकाल्ने गर्दछ । टिकटकमा एक रिपोर्टको अनुसार १६७ मिलियन भिडियो हरेक मिनेट स्ट्रीम हुने गर्दछन् ।

यसले गर्दा वेब ट्राफिक एपमा एकदमै हुने गर्दछ । इन्टरनेटको ९० प्रतिशत सर्चलाई व्यवस्थापन गर्ने गूगलमा हरेक मिनेट ५.७ मिलियन सर्च हुने गर्दछन् । चर्चित वेब डोमेनको सूचीमा शीर्ष दशमा भने इन्स्टाग्रामको नाम रहेको छैन् ।