कीवर्डहरू -

कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ? 

कहिलेदेखि पूर्ण कार्यान्वयनमा आउँछ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ? 

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको थियो । तर अझैसम्म उक्त सिस्टम पूर्ण रूपमा लागु हुन सकेको छैन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले चाँडै नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पूर्ण रूपमा कार्यान्वयमा ल्याउने बताए ।

त्यसका लागि फास्ट ट्रयाकबाट आवश्यक सामग्री ल्याउन सरकारलाई प्राधिकरणले अनुरोध गरेको उनले जानकारी दिए । यसअघि नै सिस्टम पूर्ण कार्यान्वयनमा ल्याउने भनिएपनि कोरोना महामारीले अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा आवश्यक सामग्री आउन नपाएको प्राधिकरणको भनाइ छ ।

सिस्टमका लागि सेकेण्डरी डेटा सेन्टरको सामान आएर जडान पनि भइसकेको छ । त्यसबाट नै अहिले सिस्टम सञ्चालनमा आएको छ । तर प्राइमरी डेटा सेन्टरको सामान आएको छैन् । प्राइमरी डेटा सेन्टरको सामान आएर जडान भएपछि सिस्टम पूर्ण रूपमा कार्यान्यनमा आउने छ ।

यो सिस्टम पूर्ण कार्यान्वयनमा आएपछि अवैध मोबाइल चल्ने छैनन् । जसले सरकारलाई पनि राजस्वमा टेवा पुग्ने छ । नेपालमा आयात हुने मोबाइलमध्ये ३०-४० प्रतिशत अवैध बाटोबाट आउने गरेका छन् ।