कीवर्डहरू -

च्याट डिलिट नहुने गरी यसरी परिवर्तन गर्नुहोस् ह्वाट्सएपको नम्बर

च्याट डिलिट नहुने गरी यसरी परिवर्तन गर्नुहोस् ह्वाट्सएपको नम्बर

महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ । मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् ।

नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी हुने गरेको छ  । तर नम्बर परिवर्तन गर्दा सबै च्याट जाने हुँदा धेरै प्रयोगकर्ताहरुलाई यसले समस्या पारिरहेको हुन्छ । आज हामी च्याट नजाने गरी नम्बर परिवर्तन कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ

सर्वप्रथम आफ्नो एन्ड्रोइड फोन वा आइफोनमा ह्वाट्सएप खोल्नुपर्ने हुन्छ । यसपछि सेटिङ्गमा गएर अकाउन्टमा जानुपर्छ । अब चेन्ज नम्बर भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ ।

अब नम्बर चेन्ज भईरहेको भनेर नोटिफिकेसन आउने गर्दछ जसपछि नेक्स्ट बटन थिच्नुपर्ने हुन्छ । यसपछि तपाईले आफ्नो पुरानो र नयाँ फोन नम्बर हाल्नुपर्ने हुन्छ ।

अब इन्टर गरेर नेक्स्टमा थिच्नुपर्छ । अब आफ्नो निर्णयलाई कन्फर्म गर्न भनेर नोटिफिकेसन आउने गर्दछ, जसलाई ओके गर्नुपर्छ ।

यसपछि तपाईलाई तीन ओटा अप्सनबाट छान्न भनेर आउने गर्दछ जसमा अल कन्ट्याक्ट ,कन्ट्याक्ट्स आइ ह्याभ च्याट विथ र कसटम रहने गर्दछन् । अब डन भन्ने अप्सन थिच्नुपर्छ । यसरी नयाँ नम्बरमा कुनै च्याट नहराइकनै ह्वाट्सएपमा लग इन गर्न सकिन्छ ।