कीवर्डहरू -

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा आईएमईको ‘जितौँ हजारौँ हजार’ योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राही मैत्री स्किम सार्वजनिक गरेको छ । स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ ।

यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले बताएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन् ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनेछन् । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।