कीवर्डहरू -

सार्वजनिक हुँदै वानप्लस १० प्रो

सार्वजनिक हुँदै वानप्लस १० प्रो

वानप्लस १० प्रो सन् २०२२ को जनवरीमा सार्वजनिक हुने भएको छ । विबो मार्फत वानप्लसका सहसंस्थापक पिट लाउले आगामी महिना वानप्लस १० प्रो स्मार्टफोन सार्वजनिक हुने जानकारी दिएका थिए ।

अहिलेसम्म धेरैजसो कम्पनीले मार्च वा अप्रिलमा मात्रै स्मार्टफोन सार्वजनिक गर्ने गर्दथ्यो तर यो वर्ष भने कम्पनीले पहिलेनै स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा एन्ड्रोइड १३ अपरेटिङ सिस्टम प्रयोग गरिने कम्पनीले जनाएको छ ।

फोनमा ह्यासलब्याड क्यामेरा प्रयोग गरिएको हुनेछ र फोनको स्क्रीन ६.७ इन्चको क्यूएचडी प्लस डिस्प्लेका साथमा आउनेछ । यसमा १२० हर्जको रिफ्रेस रेट पनि रहनेछ । स्मार्टफोनले क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेट प्रयोग गर्नेछ ।