कीवर्डहरू -

मोबाइल उद्योगमै पहिलो पटक वातारणमैत्री बायो पोलिमर सामग्रीबाट रियलमी जिटी २ प्रो निर्माण

मोबाइल उद्योगमै पहिलो पटक वातारणमैत्री बायो पोलिमर सामग्रीबाट रियलमी जिटी २ प्रो निर्माण

रियलमीको आउँदो फ्ल्यागसिप फोन जिटी २ प्रो वातारणीय मैत्री बायो पोलिमर सामाग्रीबाट निर्माण गरिएको छ । यो मोबाइल उद्योगमै पहिलो पटक हो ।

यो स्मार्टफान उचाल्दा कागजको जस्तै तौल लाग्ने कम्पनीले दावी गरेको छ । यसलाई कम्पनीले पेपर टेक मास्टर डिजाइन पनि नाम दिएको छ।

यो बायो पोलिमर सामग्री साउदी अरबबाट आउने गर्दछ । बायो पोलिमर कागजको पल्पमा आधारित हुने गर्दछ । यसले कार्बन सर्टिफिकेसन पनि प्राप्त गरेको छ जसले गर्दा यो वातावरण मैत्री छ भन्ने प्रमाणीत हुन्छ ।

यसको प्याकेजिङमा पनि एकदमै कम प्लास्टिक प्रयोग गरिएको छ । पहिले प्लासटिक अनुपात २१.७ प्रतिशत थियो भने अब ०.३ प्रतिशत रहेको छ । स्मार्टफोनले क्वालकम स्नापड्रागन ८ जेन १ चिपसेट प्रयोग गर्नेछ ।

यो १५० डिग्री अल्ट्रा वाइड क्यामेरा हुने विश्वकै पहिलो स्मार्टफोन हो । यसले फिशआइ फोटाग्राफी गर्न मद्दत पुर्‍याउँछ । अहिलेका लागि यो स्मार्टफोन चीनमा मात्रै सार्वजनिक हुने जनाइएको छ ।