कीवर्डहरू -

पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर

पहिलो फोल्डेबल फोन सार्वजनिक गर्दै अनर

अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । उक्त स्मार्टफोनको नाम म्याजिक भी हुने कम्पनीले जनाएको छ ।

फोल्डेबल स्मार्टफोन म्याजिक भीको बारेमा कम्पनीले ट्वीटर र विबो मार्फत जानकारी दिएको हो । यो चाँडै सार्वजनिक हुने पोस्टमा उल्लेख गरिएको छ तर निश्चित मिती भने तोकिएको छैन् ।

यसमा ८.०३ इन्चको अल्ट्रा थिन स्क्रीन र ६.४५ इन्चको एक्सटेरियर स्क्रीन प्रयोग गरिनेछ । यो सामसङ ग्यालेक्सी फोल्ड थ्री जस्तै हुनेछ । ह्वावे डिभाइस जस्तो नभएर अनर स्मार्टफोनमा गूगल एप पनि उपलब्ध रहेको छ ।

सामसङ, ह्वावे र अनर जस्तै साओमी, ओप्पो र मोटोरोलाले पनि हालैमा स्मार्टफोन सार्वजनिक गरेका छन् । गूगलले पनि एउटा पिक्सेल फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको अननुमान गरिएको छ ।