कीवर्डहरू -

२७ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा आईएमई पे, सह-प्रायोजकमा एससीटी

२७ औं संस्करणको क्यान इन्फोटेकको शीर्ष प्रायोजकमा आईएमई पे, सह-प्रायोजकमा एससीटी

क्यान इन्फोटेक २०२२ को शीर्ष प्रायोजन आईएमई पेले गरेको छ । आईतबार पत्रकार सम्मेलन गर्दै क्यान महासंघले २७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पेले गरेको जानकारी दिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रको ठूलो प्रदर्शनीको रूपमा रहेको क्यान इन्फोटेकको सह प्रायोजकमा स्मार्टच्वाइस टेक्नोलोजी लिमिटेड रहेको छ ।

माघ १८ गतेदेखि २३ गतेसम्म यस वर्षको क्यान इन्फोटेक काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । इन्फोटेकलाई वर्ल्डलिंक, नेपाल टेलिकम, नमस्ते पे, डिजिकम लगायत अन्य संस्थाहरूको सहयोग रहेको छ ।

नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको यो २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।

प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

महासंघका अनुसार यो प्रर्दशनी सुचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने विश्वास लिइएको छ ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।

क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोही वा बढी संख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ ।