कीवर्डहरू -

गूगल ड्राइभमा यसरी प्रयोग गर्नुहोस् डार्क मोड 

गूगल ड्राइभमा यसरी प्रयोग गर्नुहोस् डार्क मोड 

गूगल ड्राइभले फोटा तथा डक्युमेन्ट स्टोर गरेर राख्नमा एकदमै मद्दत पुर्‍याउने गर्दछ । आखाँमा दबाव पार्न कम गर्नका लागि गूगल ड्राइभ डार्क मोडमा पनि उपलब्ध रहेको छ । आज हामी गूगल ड्राइभमा डार्क मोड कसरी सुचारु गर्ने भनेर जानकारी दिलदैछौँ ।

सर्वप्रथम आफ्नो एन्ड्रोइड फोनमा गूगल ड्राइभ खोल्नुपर्ने हुन्छ । त्यसपछि तनि ओटा धर्काे भएको आइकनमा थिच्नुपर्छ । त्यसपछि सेटिङग ट्याबमा थिच्नुपर्छ ।

अब चुज थिम भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । यहाँबाट डार्क,लाइटवा सिस्टम डिफल्ट थिमबाट छान्नुपर्ने हुन्छ । डार्क थिममा क्लिक गरेपछि तपाईको गूगल ड्राइभ डार्क थिम हुन सफल हुन्छ ।