कीवर्डहरू -

एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक

एन्ड्रोइड एपमा जोकर मालवेयर आतंक

एन्ड्रोइड एपहरुमा जोकर मालवेयरले वर्षाैँ देखि दुःख दिदै आएको छ । यस पटक पनि ५ लाख भन्दा बढि डाउनलोड रहेको गूगल प्ले स्टोरको एपमा जोकर म्यालवेयर फेला परेको छ ।

कलर मेसेज नामक एन्ड्रोइड एप जोकर मालवेयरबाट संक्रमित रहेको पाइएको छ । गूगलले जोकर म्यालवेयरको बारेमा थाहा पाएपछि कलर मेसेज एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको छ ।

पहिलेनै इन्स्टल गरिसकेको प्रयोगकर्ताले भने आफै एपलाई अनइन्स्टल नगरेसम्म मालवेयर फोनमा रहिरहन्छ । आधा मिलियन डाउनलोड गरिएको यस एपले धेरै फोनहरु असर पारेको अनुमान लगाउन सकिन्छ ।

जोकर मालवेयरले एसएमएस, सम्पर्क जानकारी र डिभाइसको जानकारी चोर्ने गर्दछ । यसले प्रयोगकर्ताहरुको बैकिंग मेसेज पनि पढ्न सक्छ । गूगलले पहिलो चोटि जोकर म्यालवेयर सन् २०१७ मा फेला पारेको थियो ।