कीवर्डहरू -

ताम्राकार कम्प्लेक्सको नयाँ अफर \'ताम्राकारमा मोबाइल किनौ मोटरसाइकल चढौ\'

ताम्राकार कम्प्लेक्सको नयाँ अफर \'ताम्राकारमा मोबाइल किनौ मोटरसाइकल चढौ\'

अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा ताम्राकार मोबाइल बजारले ग्राहकहरुकालागि मोबाइलको खरिदमा आकर्षक मोटरसाइकल उपहार प्राप्त गर्न सक्ने नयाँ अफर ल्याएको छ ।'ताम्राकारमा मोबाइल किनौ मोटरसाइकल चढौ' भन्ने स्लोगनका साथ जनवरी १ बाट शुरु गरिने यो अफर जनवरी ७ तारिख सम्म रहने छ । यो अफरमा मोबाइल खरिद गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र द्वारा भाग्यशालि बिजेतालाई मोटर साइकल उपहार प्रदान गरिने छ ।

ताम्राकार कम्प्लेक्सले प्रत्येक बर्ष विभिन्न अवसरहरुको मौका पारेर ग्राहकहरुका लागि  यस्ता धेरै अफरहरु ल्याउने गर्दछ । सोहि क्रममा यो पटक पनि अंग्रेजी नयाँ बर्षको अवसर पारेर ताम्राकारले ग्राहकहरुलाई आकर्षित गर्ने लक्ष्यका साथ यो नयाँ अफर ल्याएको हो । मोबाइल ब्यापार संघ ताम्राकार कम्प्लेक्सले यो योजनाको बारेमा २०७४ पौष १३ गते बिहिबार जारि गरेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको थियो ।

मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदका अनुसार ताम्राकार मोबाइल बजारमा जनवरी १ तारिख देखि ७ तारिखसम्म मोबाइल खरिद गर्ने ग्राहकहरु मध्येबाट गोला प्रथा गरि बिजेतालाई  सुजुकीको एउटा मोटरसाइकल प्रदान उपहार प्रदान गरिने छ । त्यस्तै उनले यसपाली दशैँमा गरिएको 'दशैँ तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार' योजना अन्तर्गतको बम्पर उपहार पनि मोटरसाइकल नै भएको जानकारी दिए ।

साथै दुइजना भाग्यशालि बिजेताहरुलाई मोटर साइकल उपहार प्रदान गरिएको थियो । ताम्राकारको दशैँ तिहार बम्पर उपहार योजना अन्तर्गतनै ग्राहकहरुलाई ६५ वटा  पावर बैंक तथा ५० भन्दा बढी ब्लुटुथ उपहार वितरण गरिएको अध्यक्ष साउदले जानकारी दिए । यसपालि मोटरसाइकलको लक्की ड्र जनवरीको दोस्रो हफ्ता गरिने बजारले जानकारी दिएको छ ।