कीवर्डहरू -

गूगल म्यापको लोकेसन सेयरिङ फिचरमा समस्या

गूगल म्यापको लोकेसन सेयरिङ फिचरमा समस्या

केही गूगल म्याप प्रयोगकर्ताहरुले आफ्नो लोकेसन सेयर गर्न नपाएको समस्या भोगिरहेका छन् । रिपोर्टका अनुसार एउटा बगको कारणले गर्दा गूगल म्यापमा लोकेसन सेयरिङ फिचरले काम गरिरहेको छैन् ।

लोकेसन सेयरिङ फिचरले तपाई कहाँ हुनुहुन्छ भनेर अरुलाई बताउन दिन्छ । यसमा तपाईले सिमीत अवधिसम्मलाई मात्रै कसैलाई सेयर गर्न पनि पाउनुहुन्छ र अन्टिल आइ टर्न इट अन भन्ने फिचरको प्रयोग गरेर आफूखुशी सेयर गर्न बन्द गर्न सक्नुहुनेछ ।

तर अहिले केही प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न नपाइरहेको गुनासो राखेका छन् । हालैमा आएको सफ्टवेयर अपडेटको बगले यस्तो समस्या सिर्जना गरिरहेको मानिएको छ ।