कीवर्डहरू -

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

एटीएम मेसिन तोडफोड गर्ने पक्राउ

मोरङको विराटनगर महानगरपालिका-३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोडमा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन् ।

आइतबार राती एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोड गर्ने कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।