कीवर्डहरू -

भोलिदेखि अनलाइनबाटै आईएमई पे क्यान इन्फोटेकको स्टल बुकिङ गर्न सकिने, यस्तो छ तरिका 

भोलिदेखि अनलाइनबाटै आईएमई पे क्यान इन्फोटेकको स्टल बुकिङ गर्न सकिने, यस्तो छ तरिका 

बिहीबारदेखि आईएमई पे क्यान इन्फोटेक २०२२ को स्टल बुकिङ खुल्ला हुने भएको छ । आउँदो माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा क्यान इन्फोटेक आयोजना हुँदैछ ।

बिहीबार १० बजेदेखि अनलाइनबाटै स्टल बुकिङ गर्न सकिने क्यान महासंघले जनाएको छ । अनलाइन स्टल बुकिङ stalls.can.org.np बाट गर्न सकिने छ ।

क्यान महासंघका अनुसार मुख्य हल ब्रान्डिङ उद्देश्यका लागि मात्रै उपलब्ध रहेको छ । अनलाइन स्टल बुकिङ गर्दा जम्मा रकमको ५० प्रतिशत रकम दिनु पर्नेछ भने बाँकी रकम कार्यक्रम सकिएपछि दिनुपर्नेछ । बुकिङ गर्दा ई-बैंकिङ, कनेक्ट आईपीएस, क्युआर कोड वा बैंक खाता रकम पठाउन सकिने छ ।

\"\"