कीवर्डहरू -

१० बिलियन डलरमा २ दशक लगाएर बनाइएको एउटा टेलिस्कोप, जसले सुल्झाउनेछ बिग ब्याङ्गको रहस्य

१० बिलियन डलरमा २ दशक लगाएर बनाइएको एउटा टेलिस्कोप, जसले सुल्झाउनेछ बिग ब्याङ्गको रहस्य

सन् २०२१ को क्रिसमसको दिन एकदम विशेष रह्यो । यो दिन अर्थात डिसेम्बर २५ मा फ्रान्सको गुयाना स्पेस सेन्टरबाट अन्तरिक्षमा एउटा टेलिस्कोप प्रक्षेपण गरियो । उक्त टेलिस्कोप, जेम्स वेब टेलिस्कोप थियो । अहिले जेम्स वेब टेलिस्कोपको चर्चा पुरै दुनियाँमा हुन थालेको छ ।

सामाजिक संजालमा यो शीर्ष स्थानमा छ । यो टेलिस्कोप अेहिलेसम्म मानिसले बनाएको सबैभन्दा शक्तिशाली टेलिस्कोप हो, जसको कुल खर्च १० बिलियन अमेरिकी डलर रहेको छ । यस टेलिस्कोपले बिग ब्याङ्गको रहस्य सुल्झाउन पनि महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिकहरुको यो मान्यता छ ।

यो टेलिस्कोप सन् १९९६ देखि विकासक्रममा थियो । हाम्रो वायुमण्डलले गामा, पराबैंजनी जस्ता किरणहरूलाई ब्लक गर्दिन्छ । त्यसैले यदि अन्तरिक्षमा एउटा स्पेस टेलिस्कोप राखिदिएमा त्यसको पर देख्न सकिन्छ । हबल टेलिस्कोपको साथ हामीले धेरै टाढाको आकाशगंगाहरू हेर्न सक्षम भएका छौं ।

तर यसका सीमाहरू छन् । धेरै टाढाको आकाशगंगाहरू फेला पार्न, हामीलाई इन्फ्रारेड टेलिस्कोप चाहिन्छ । जेम्स वेब टेलिस्कोप विशेष गरी बिग-ब्यांगको पहिलो युग हेर्न सक्षम हुन डिजाइन गरिएको थियो ।

यस टेलिस्कोपबाट हामीले हाम्रो वायुमण्डल भन्दा पर अन्तरिक्षमा ब्रह्माण्डको बारेमा अझ बढी बुझ्न सक्छौ। यो टेलिस्कोप हबल टेलिस्कोप भन्दा १०० गुना थप शक्तिशाली रहेको छ ।

\"\"

हबल टेलिस्कोप नजिकको पराबैंजनी किरण, भिजीबल लाईट र नजिक इन्फ्रारेड स्पेक्ट्रामा अवलोकन गर्दथ्यो भने जेम्स वेब टेलिस्कोपले उच्च रातो-शिफ्ट वस्तुहरूमा केन्द्रित गर्दछ । यी यस्ता वस्तुहरु हुन जुन यति पुरानो छन् कि हबल टेलिस्कोपले आफ्नो सेन्सरबाट पत्ता लगाउनै सक्दैन् । यो भन्न सकिन्छ कि, हबल टेलिस्कोपको लागि ति वस्तूहरु एकदमै टाढा छन् ।

तर जेम्स वेब टेलिस्कोपले प्राचिन प्रकाशहरुलाई पहिचान सजिलै गर्न सक्छ । बिग-ब्यांगको समयमा, ब्रह्माण्ड बन्दा निस्किएको पहिलो प्रकाशका किरणहरु अहिलेसम्म अस्तित्वमा छन् भन्ने मानिन्छ ।

यस टेलिस्कोपले यही किरणहरुको खोजी गर्ने छ । जसबाट हामीले यो पत्ता लगाउन सक्छौ कि ब्रह्माण्डको सुरुवात कहाँबाट भएको थियो, ब्रह्माण्ड किन विस्तार भइरहेको छ । साथमा हाम्रो आफ्नै अस्तित्वको बारेमा पनि धेरै कुरा थाहा पाउन सक्छौ ।

\"\"

त्यसैले यो टेलिस्कोपलाई हामी टाइम मेसिन पनि भन्न सक्छौ जसले ब्रह्माण्डको सुरुवातको बारेमा एकदम धेरै ज्ञान प्राप्त गर्न सहयोग गर्नेछ । यस टेलिस्कोपको बनावट विशेष छ ।

यो टेलिस्कोप लगभग ५०-६० ग्राम धेरै पातलो सुनले लेपित छ । सुनले ९९ प्रतिशत इन्फ्रारेड किरणहरू प्रतिबिम्बित गर्ने हुनाले सुनको प्रयोग गरिएको हो ।

यस टेलिस्कोपको आकार हेक्सागोनल रहेको छ । यस टेलिस्कोपको आकार हेक्सागोनल रहेको छ । यो हेक्सागनमा हुनुको कारण यो हो कि हामीले यसलाई पूर्ण रूपमा पूर्ण ऐनाको रूपमा प्रयोग गर्न सक्दैनौं ।

त्यसैले हामीले यसलाई फोल्ड गर्नुपर्छ किनभने हेक्सागनहरू धेरै राम्रोसँग प्याक गर्न र धेरै फोल्ड गर्न सकिन्छ । र अन्तरिक्षमा पुगिसकेपछि यो खुलेर टेलिस्कोपमा परिवार्तित हुन्छ । यो पुरै प्रकियालाई करिब २ हप्ता लग्नेछ ।