कीवर्डहरू -

११ जनवरीमा एक्सिनोस २२०० प्रोसेसर सार्वजनिक गर्दै सामसङ 

११ जनवरीमा एक्सिनोस २२०० प्रोसेसर सार्वजनिक गर्दै सामसङ 

सामसङले जनवरी ११ मा एक्सिनोस २२०० चिपसेट (प्रोसेसर) सार्वजनिक गर्ने भएको छ । कम्पनीले सिईएस आयोजना भएको एक हप्ता पछि चिपसेट सार्वजनिक गर्ने भएको हो । त्यस दिन ग्यालेक्सी एस २१ एफई पनि सार्वजनिक हुने अनुमान गरिएको छ ।

ग्यालेक्सी एस २२ स्मार्टफोन एक्सिनोस २२०० चिपसेटले पावर हुने अनुमान गरिएको छ । एक ट्वीट गर्दै कम्पनीले चिप सार्वजनिक गर्न लागेको भनेर जानकारी दिएको हो ।

यस चिपमा एएमडी जिपियू पनि रहनेछ । यो चिपले १४४ हर्जको रिफ्रेस रेट सपोर्ट गर्नेछ र यसमा फाइभजी, कनेक्टीभिटी, वाइफाइ र ब्लूटूथको पछिल्लो भर्सनको कनेक्सन पनि रहनेछ ।