कीवर्डहरू -

एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने

एलजीको ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने

एलजीले आफ्नो पछिल्लो ओएलइडी एक्स टेकले ब्राइटनेस ३० प्रतिशतसम्म बढाउने दावी गरेको छ  । एलजीका अनुसार यस प्रविधिमा हरेक पिक्सेलले बेग्लाबेग्लै प्रकाश दिने गर्दछ, जसले गर्दा ब्राइटनेस बढ्न सम्भव भएको हो । ओएलइडी पिक्सेलले एलइडी जतिको प्रकाश भने दिन सक्दैन् ।

अहिलेका ओएलइडीले ५०० देखि ६०० निट्स ब्राइटनेस दिने गरेका छन् तर एलजीको मिनी एलइडी सेटले २००० निट्स ब्राइटनेस दिने गर्दछ । यो प्रविधिले गर्दा रगं पनि उज्यालो रहेको छ । एटके डिस्प्लेमा एलजीले ३३ मिलियन ओएलईडी डायड्स प्रयोग गरेको ठहर गरेको छ ।

कम्पनीले डिजाइनमा पनि परिवर्तन ल्याएको छ । स्क्रीनको चौढाइलाई पनि ३० प्रतिशतले घटाएर कम्पनीले ६ मिलिमिटरबाट ४ मिलिमिटर बनाएको छ । गत वर्षको तुलनामा ओएलइडीको दर ७० प्रतिशतले बढि भएको कम्पनीले बताएको छ ।