कीवर्डहरू -

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर 

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत यी २ जनाले पाए स्पेन घुम्ने अवसर 

डिशहोमले यो बर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

२०७८ कार्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभिको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए ।

पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत CasID No. 02564078696 / 02558255824 छानिएका हुन् । यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो ।

विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् ।