कीवर्डहरू -

डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

डिजिटल बैकिङबाट हिमालय दृश्य होटेलमा भुक्तानी गर्दा एमएमबी बैंकका ग्राहकलाई २० प्रतिशत छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई धुलिखेलस्थित होटल हिमालय दृश्यमा विशेष छुटको व्यवस्था गरिएको छ । एनएमबि बैँक र हिमालय दृश्य होटेल बीचको सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।

सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका थिए ।

अत्याधुनिक बैंकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी होटलसँग सहकार्य गरेको हो ।