कीवर्डहरू -

अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा

अनलाइनबाटै बिओके स्मार्ट सेभिङ अकाउन्ट खोल्न सकिने, यस्ता छन् सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडले उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको लागि ‘बिओके स्मार्ट सेभिङ अकाउण्ट’ सार्वजनिक गरेको छ ।

‘कारोबार अब अझ फटाफट’ भन्ने मुलनाराका साथ ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटको साथै उच्चतम ब्याजदरको ब्यवस्थासहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो ।

उक्त बचत खाता ग्राहकहरुले अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकले ६.५५ प्रतिशत वार्षिक ब्याजदरसहित मोबाईल बैंकिङ्ग शुल्क, डेबिट कार्ड शुल्क र बिओके इ–कम डलर कार्ड शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा  छुट प्राप्त गर्न सक्नेछन् ।

यो बचत खाताले ग्राहकहरुको बैंकिङ्ग कारोबारमा सहजता बनाउने विश्वास बैंकले लिएको छ ।