कीवर्डहरू -

यसरी पुनः पाउनुहोस् इन्स्टाग्राममा डिलिट भएको फोटो

यसरी पुनः पाउनुहोस् इन्स्टाग्राममा डिलिट भएको फोटो

मेटा अन्तर्गत रहेको इन्स्टाग्राम एकदमै चर्चित सामाजिक सञ्चालको रुपमा परिचित छ । फोटो सेयरिङ एपको रुपमा रहेको इन्स्टाग्राममा हामीले डिलिट भइसकेको मिडिया कन्टेन्ट पुनः प्राप्त गर्न सक्छौँ ।

यसका लागि सर्वप्रथम इन्स्टाग्राम एप खोलेर आफ्नो प्रोफाइलमा जानुपर्ने हुन्छ । यसपछि मेन्यु आइकन क्लिक गरेर स्क्रीनको माथिल्लो दायाँ भागमा रहेको तीन ओटा धर्काे भएको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब सेटिङगमा थिच्नुपर्ने हुन्छ । यसपछि मेन्युबाट अकाउन्ट अप्सन छान्नुपर्ने हुन्छ । यति गरेर सेटिङ्गमा क्लिक गर्नुपर्ने हुन्छ । सेटिङगबाट अकाउन्ट अप्सन छान्नुपर्ने हुन्छ । अब रिसेन्टली डिलिटेड भन्ने अप्सनबाट हालै डिलिट गरेको कन्टेन्ट हेर्न सकिन्छ ।

रिकभर गर्नुपर्ने पोस्टमा क्लिक गरेर स्क्रीनको माथिल्लो दायाँ भागमा रहेको तीन ओटा धर्काे भएको आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । अब पोस्ट रिकभर गर्ने की सधैको लागि डिलिट गर्ने भन्ने अप्सनबाट छानेर फेटो तथा अरु मिडिया कन्टेन्ट पुनः पाउन सकिन्छ ।