कीवर्डहरू -

रियलमी सी२५ वाई नेपालमा, स्ट्यान्डबाई मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने

रियलमी सी२५ वाई नेपालमा, स्ट्यान्डबाई मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्ने

रियलमीले ५० मेगापिक्सेल एआई ट्रिपल क्यामेरासहितको रियलमी सी २५ वाई नेपालमा सार्वजनिक गरेको छ । इन्ट्री-लेभलको यस स्मार्टफोनमा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५ हजार एमएएचको ब्याट्री राखिएको छ ।

फोनमा ६.५ इन्चको डिस्प्ले रहेको छ । यसको क्यामेरामा एआई ब्यूटी मोड फङ्सन, एच्डीआर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड उपलब्ध छन् ।

सी२५ वाईमा सेल्फी खिच्न एब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि रहेको छ । स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्ने कम्पनीको दावी छ ।

रियलमी सी२५ वाईमा अक्टा-कोर युनिसोक टि ६१० प्रोसेसरले राखिएको छ, जुन २.० गेगाहर्ज सम्म चल्दछ । यसमा दुईवटा नानो-सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध छ ।

फोनमा अल्ट्रा-फास्ट फिङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसन सुविधा उपलब्ध छन् । रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ । रियलमी सी२५ वाइले नेपालमा ४ जीबी र्‍याम र १२८ जीबी र्‍याम स्टोरेज भेरिएन्टको मूल्य रु. २० हजार ४४९ तोकेको छ ।

पौष १५ २०७८ देखि सर्वत्र बजारमा उपलब्ध रियलमी सी२५ वाई स्मार्टफोन दराजमा पौष १८ २०७८ देखि बिक्री भइरहेको छ ।