कीवर्डहरू -

स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर

स्पाइडरम्यानको टोरेन्ट लिकंमा मालवेयर

स्पाइडरम्यानः नो वे होमको टोरेन्ट लिकंमा मालवेयर फेला परेको छ । ह्याकरहरुले धेरैजसो पाइरेट गरिएको कन्टेन्टमा मालवेयर राख्ने गर्दछन् ।

रिजन लयाबका अन्वेषकले मोनेरो क्रिप्टोमाइनर नामक मालवेयर स्पाइडरम्यानः नो वे होमको टोरेन्टमा पाएका हुन् । रुसको टोरेन्टिङ वेबसाइटबाट अपलोड गरिएको फाइलमा यस्तो मालवेयर पाइएको हो ।

तपाईंको कम्प्यूटरमा मोनेरो क्रिप्टोमाइनर इन्स्टल भएमा यसले मोनेरो नामक क्रिपटोकरेन्सी माइन गर्न थाल्छ । क्रिप्टोमाइनर संसारमै सबैभन्दा साधारणतय पाउने मालवेयर भइसकेको छ ।

रिजनल्याबका अन्वेषकले कन्टेन्ट डाउनलोड गर्न लाग्दा सर्तकता अपनाउन सुझाव दिएका छन् । अनजान स्रोतबाट हत्तपत्त फाइल डाउनलोड गर्न नहुने रिजनल्याबको भनाइ रहेको छ ।