कीवर्डहरू -

राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट

राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने सामसङ इको रिमोट

सामसङले इको रिमोट सार्वजनिक गरेको छ । सामसङको पछिल्लो रिमोटले राउटरको रेडियो वेबलाई ऊर्जामा परिणत गर्ने गर्दछ ।

रेडियो वेबलाई ऊर्जामा परिणत गरेर रिमोट चार्ज हुने गर्दछ । यत्तिकै नाश हुने रेडियो वेबलाई यसरी उपयोग गरेर सामसङले स्मार्ट कन्सेप्ट निकालेको हो ।

यो कन्सेप्ट कम पावर चाहिने डिभाइसहरुका लागि मात्रै काम लाग्ने गर्दछ जसले गर्दा यसले रिमोट चल्न सहज हुने गर्दछ । रिमोटको माथिल्लो भागमा सोलार प्यानल रहेको छ ।

यसमा नेटफ्लिक्स, डिजनी प्लस र प्राइम भिडियोका लाग छुट्टाछुट्टै बटन रहेको छ । यो रिमोट रिसाइकल गरिएको सामाग्रीहरुबाट निर्माण गरिएको छ । यो रिमोट कालो र सेतो रगंमा उपलब्ध रहेको छ ।