कीवर्डहरू -

मोबाइलको क्यामेरा प्रयोग गरेर यसरी मापन गर्नुहोस् ‘हार्ट रेट’

मोबाइलको क्यामेरा प्रयोग गरेर यसरी मापन गर्नुहोस् ‘हार्ट रेट’

गूगलको गूगल फिट फिचरमार्फत प्रयोगकर्ताहरुले मुटुको दर मापन गर्न सक्छन् । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध रहेको छ । आफ्नो फोनको क्यामेरा प्रयोग गरेरै मुटुको दर मापन गर्न सकिन्छ । आज हामी यो कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो आईओएस वा एन्ड्रोइड फोनमा गूगल फिट एप खोल्नुहोस् । त्यसपछि तपाईले आफ्नो होम पेजमा रहेको चेक योर हर्टरेट अप्सनमा क्लिक गर्नुपर्छ ।

अब तपाईले उज्यालो ठाउँमा गएर रियर क्यामेराको लेन्स माथि आफ्नो हात राख्नुहोस् । हात राखेपछि एपले तपाईको मुटुको दर मापन गर्न थाल्छ । एपले मुटुको दर मापन गर्न ३० सेकेण्ड लगाउने गर्दछ । तपाईले मुटुको दर लाई सेभ हा  र्ट रेट मा क्लिक गरेर सेभ गर्न पनि सक्नुहुन्छ ।