अब इसेवाबाटै प्रेस पासको अनलाइन भुक्तानी गर्न सकिने भएको छ । सूचना तथा प्रसारण विभागले पुस १९ गतेदेखि इसेवाबाट प्रेस पासको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।
यसअघि कनेक्ट आईपिएसबाट मात्रै भुक्तानी गर्न मिल्ने सुविधा थियो । अब त्यसमा इसेवा पनि थप भएको हो । इसेवाको गभर्नेन्ट पेमेन्ट अप्सनमा गएर सूचना तथा प्रसारण विभागको आईकनमा क्लिक गरी राजस्व तिर्न सकिने छ ।
सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता सेवा अनलाइनबाटै प्रदान गरिरहेको छ ।