कीवर्डहरू -

एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट एनसेलबाट निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट एनसेलबाट निःशुल्क चलाउन सकिने

एनसेलबाट अब एनआईसी एशिया बैंकको मोबाइल एप र वेबसाइट निःशुल्क चलाउन सकिने भएको छ । एनसेलबाट बैंकको मोबाइल बैंकिङ, आई सर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ निःशुल्क चलाउन सकिने भएको हो ।

बैंकको मोबाइल एपबाट अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्युआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्रयाकिङ आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नेछन् । एपबाट आईपीओमा समेत आवेदन दिन सकिन्छ ।

त्यस्तै आईसर्भबाट मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई-कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लसमेन्ट आवेदन र इन्स्टा बाई) सेवा लिन सकिन्छ ।

बैंकको वेबसाइटबाट अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटर, ईएमआई क्याकुलेटर लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिन्छ ।

बैंकको इन्टरनेट बैंकिङ मार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिन्छ ।

डिजिटल बैंकिङमा ग्राहकलाई अभ्यस्त पार्ने योजना अनुरूपमा बैंकले एप र वेबसाइट निःशुल्क चलाउन सकिने योजना ल्याएको जनाएको छ ।

बैंकले मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।