कीवर्डहरू -

के तपाईको ह्वाट्सएपको स्पेस फूल भयो ? यसरी गर्नुहोस् खाली  

के तपाईको ह्वाट्सएपको स्पेस फूल भयो ? यसरी गर्नुहोस् खाली  

महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाएको छ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ । मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी छ  ।

ह्वाट्सएपमा फोटो, भिडियो तथा अरु थुप्रै मल्टिमिडिया कन्टेन्टहरु पठाउन सकिन्छ । तर कहिलेकाहीँ स्पेस म्यानेज गर्न समस्या भईरहेको हुन सक्छ । त्यसैले ह्वाट्सएपको मिडिया स्पेस कसरी म्यानेज गर्ने भन्ने बारे आज हामी जानकारी दिदैछौँ ।

सर्वप्रथम ह्वाट्सएप खोल्नुहोस् र सेटिङ्गमा जानुहोस् । यसपछि स्टारेज एण्ड डेटा भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । यति गरेपछि म्यानेज स्टोरेज भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसले तपाईको ह्वाट्सएपले कति स्पेस खाइरहेको छ भनेर विवरण देखाउन नयाँ म्यानेज स्टोरेज पेज खोलिदिने गर्दछ ।

यसमा कुन फाइल ५ एमबी  भन्दा ठूलो छ भनेर पनि देखाउने गर्दछ ।  यति गरेपछि फरवार्डडेड मेनी टाइम्स भन्ने अप्सनमा क्लिक गरेर सेलेक्ट अल चेकबक्स भन्ने अप्सनमा क्लिक गर्नुपर्छ । अन्त्यमा डिलिट अप्सनमा थिच्नुहोस् । यसरी ह्वाट्सएपको स्पेसलाई म्यानेज गर्न सकिन्छ ।