कीवर्डहरू -

क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो जनरल इन्स्योरेन्स

क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो जनरल इन्स्योरेन्स

जनरल इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा आबद्ध भएको छ । दुई कम्पनीबीच क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि जनरल इन्स्योरेन्सले क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीच (एनपीआई) मार्फत कारोबार गर्न सक्छ । यससँगै इन्स्यारेन्सले क्लियरिङ हाउसको आन्तरिक भुक्तानी प्रणाली आईपीएस, कनेक्ट आईपीएसमार्फत दाबी भुक्तानी गर्न सक्नेछ ।

यस्तै, एजेन्ट कमिसन, सर्भे, पेमेन्ट, तलब, भेण्डर भुक्तानी लगायतका कारोबार समेत क्लियरिङ हाउसका माध्यमबाट गर्न सक्छ ।

जनरल इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै ८ जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै आबद्ध भइसकेको कम्पनीले बताएको छ ।