कीवर्डहरू -

बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट

बैंक अफ काठमाण्डुको रेमिट बचत खाताः मोबाइल बैंकिङ शुल्कमा ५० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई लक्षित गरी बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ ।

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको व्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको हो ।

यस मुद्घती खाता खोल्दा ग्राहकहरुले ११.०५ प्रतिशत वार्षिक व्याजदर पाउने छन् ।  साथै बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आर्कषक विशेषता पाइने छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।