कीवर्डहरू -

आईएमएस सफ्टवेयरमा अब डिजिटल वालेट मोको पनि एकीकृत हुने

आईएमएस सफ्टवेयरमा अब डिजिटल वालेट मोको पनि एकीकृत हुने

आईएमएस सफ्टवेयर र फोकस वान पेमेन्ट सोलुसनबीच सफ्टवेयर एकीकृत गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । यी कम्पनीहरूले मोको डिजिटल वालेटलाई आईएमएस सफ्टवेयरको उपभोक्ता सफ्टवेयरसँग एकीकृत गर्न सहमति जनाएका हुन् ।

पछिल्लो समझदारीसँगै भुक्तानी संघका प्रयोगकर्ताहरूले आईएमएस सफ्टवेयरद्वारा उत्पन्न गरिएको डायनामिक क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्नसक्ने आईएमएस सफ्टवेयरले दाबी गरेको छ ।

समझदारीपत्रमा आईएमएसका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र फोकस वान पेमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणयाा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

स्थानीय र अन्तरराष्ट्रिय बजारमा माग पूरा गर्न मद्दत गर्ने सफ्टवेयर समाधानहरू विकास गर्न संलग्न रहेको आईएमएसले व्यवसायहरूलाई उच्च प्रदर्शन सफ्टवेयर प्रदान गर्ने गरेको छ ।

फोकस वान डिजिटल वालेट मोको सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक हो, जसले अलि पे, नेपाल पे (नेपाल क्लियरिङ हाउस), युनियन पे इन्टरनेशनल र भिसाजस्ता भुक्तानी संघहरूका लागि एग्रीगेटरको रूपमा क्यूआर कोडमा आधारित प्राप्ति सेवा प्रदान गर्ने गरेको छ ।

आईएमएस सफ्टवेयरले हालसम्म सात डिजिटल भुक्तानी प्लेटफर्महरू सफलतापूर्वक एकीकृत गरेको छ । अब अर्को मोको पनि जोडिने भएको हो ।