कीवर्डहरू -

स्न्यापच्याटमा यसरी खेल्नुहोस् गेम

स्न्यापच्याटमा यसरी खेल्नुहोस् गेम

सामाजिक सञ्जालहरु मध्ये युवा पुस्तामाझ चर्चित एक एप हो, स्न्यापच्याट । हरेक क्षणको अपडेट दिईरहन मिल्ने र भिडियो, फोटो तथा च्याटका मार्फत कुराकानी गर्न मिल्ने हुँदा यो एप चर्चित छ । टिकटक जस्तै फिचर रहेकाले पनि यो एपलाई धेरैले मन पराउने गर्दछन् ।

यस एपमा गेम पनि खेल्न मिल्ने हुँदा यसले धेरै प्रयोगकर्ताहरुलाई आकर्षित पार्न सफल भएको छ । आज हामी स्न्यापच्याट गेम कसरी खेल्ने भनेर बुझ्नेछौँ ।

एक्लै वा मल्टिपल प्लेयर मोडमा कसरी गेम खेल्ने त ?

सर्वप्रथम आफ्नो स्मार्टफोनमा स्नापच्याट एप खोल्नुहोस् । त्यसपछि क्यामेरामा दायाँपटि स्वाइप गरेर च्याट सेक्सनमा जानुपर्छ । अब एकल वा ग्रुप च्याट खोल्नुपर्ने हुन्छ ।

यति गरेर स्क्रीनको तल्लो दायाँ भागमा रहेको रकेट आइकनलाई थिच्नुपर्छ । यसले गेम्स र मिनी ड्रयरहरु खोल्ने गर्दछ । यति गरेपछि आफूलाई खेल्न मनलागेको गेममा क्लिक गर्नुपर्ने हुन्छ ।

साथीबिना सिगंल प्लेयर मोडमा कसरी गेम खेल्ने त?

आफ्नो स्मार्टफोनमा स्नापच्याट एप खोल्नुहोस् । त्यसपछि म्याग्निनिफाइङ ग्लास भएको सर्च आइकनमा गएर क्लिक गर्नुपर्छ ।

नयाँ विन्डोमा बेस्ट फ्रेण्ड, रिसेन्ट्स,क्वीक आड र मोर भनेर सेक्सन आउने गर्दछ । त्यहाँ तपाईले गेम्स र मिनीज सेक्सन पनि भेटाउन सक्नुहुनेछ । यति गरेर आफूलाई खेल्न मन लागेको गेममा क्लिक गर्नुपर्ने हुन्छ ।