कीवर्डहरू -

उद्घाटन भयो राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हाई टेक क्लासरूम ? के के छन् सुविधा ? 

उद्घाटन भयो राष्ट्रिय आविष्कार केन्द्रले बनाएको हाई टेक क्लासरूम ? के के छन् सुविधा ? 

हाई टेक क्लासरूम उद्घाटन भएको छ । इजरायल दुतावासको सहयोगमा राष्ट्रिय आविष्कार केन्द्रमा बनेको उच्च प्रविधियुक्त हाई टेक क्लासरूम बिहीबार उद्घाटन भएको हो ।

उक्त कार्यक्रममा इजरायलका राजदुत ह्यानन गोडेर र मिसनका डेपुटी चीप ताल स्भार्ट्सम्यानको सहभागीता रहेको थियो । साथै भर्चुअल रूपमा बेन गुरियन विश्वविद्यालयको याजामत ३६० उद्यमशीलता केन्द्रका संस्थापक डाना गाभिसको उपस्थिति रहेको थियो ।

गाभिससँग भविष्यमा सहकार्य गर्ने कुरा भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताए । नुमना कक्षा कोठा रुपमा विकास भएको हाई टेक क्लासरूम अरू विद्यालयहरु र स्थानीय सरकारहरुले पनि आफ्नो क्षेत्रमा निर्माण गर्न सक्ने पुनको भनाइ छ । यसका लागि टेक्निकल सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने छ ।

के हो हाई टेक क्लासरूम ?

वास्तवमा यो पढाउने कक्षा कोठा मात्र होइन । यो कोठा उच्च प्रविधिहरुको परीक्षण गर्ने ठाउँ हो । विश्वमा निरन्तर र द्रुत गतिमा विकास भएर बजारमा उपलब्ध हुने विभिन्न किसिमका प्रविधिहरुको अध्ययन गर्ने र ती नयाँ प्रविधिहरुलाई विद्यालयहरुमा पठन पाठनका लागि परीक्षण यस कक्षाकोठामा गर्न सकिने पुनले बताए ।

पढाउनको लागि चाहिने शैक्षिक सामाग्रीहरुको विकास गर्ने, पढाई र सिकाइको व्यवस्थापन सिस्टमको विकास गर्ने कुराहरुको अनुसन्धान र विकासका काम पनि हाई टेक क्लासरूममा हुने उनले जानकारी दिए ।