कीवर्डहरू -

यसरी प्रयोग गर्नुहोस् गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर

यसरी प्रयोग गर्नुहोस् गूगल म्यापको सेयर एन्ड इम्बेड फिचर

कुनै पनि नयाँ ठाउँमा या बाटोमा जाँदा, मोबाईल वा ट्याब्लेटबाट त्यो बाटोको योजना बनाउन गूगल म्याप एउटा सजिलो माध्यम हो। तपाईं एक्लैले मात्रै प्रयोग गर्ने नभएर, अरुसँग म्याप शेयर गर्न, आफ्नो वेबसाइटमा ग्राहकहरुलाई आफ्नो व्यवसायको स्थान र ठेगाना देखाएर म्यापलाई इम्बेड गर्न पनि सक्नुहुन्छ ।

आज हामी तपाईंले गूगल म्यापमा आफ्नो ठाउँ नक्सामा राखेर वेबसाइटमा कसरी इम्बेड गर्न सकिन्छ भन्ने जानकारी लिनेछौ।  त्यसको लागि तल दिइएका चरणहरू पालना गर्नुहोस्।

म्यापलाई सेयर गर्नुभन्दा पहिले तपाईंले सेयर गर्न खोज्नु भएको क्षेत्रलाई जुम र स्क्रोल गरेर तपाईंको स्क्रीनको सेन्टरमा ल्याउनुहोस्। तपाईंको म्यापमा देखिएको भाग मात्रै सेयर हुने गर्दछ। म्याप सेयर भने म्याप भ्यू वा ग्लोब भ्यूमा गर्न सकिनेछ।

यदी तपाईंले कुनै ठाउँ फेभरेटे्समा सेभ गर्नुभएको छ भने त्यो तपाईंले मात्रै देख्नुहुन्छ । त्यसैगरी तपाईंले म्याप इम्बेड गर्नुभएको छ भने तपाईंले सेभ गर्नु भएको ठाउँहरु वेबसाईटमा पनि देखिन्छन।

तर तपाईंको साईटमा आउने व्यक्तिहरुले तपाईंको सेभ गरेको ठाउँहरु देख्ने छैनन्। तिनीहरुले त्यही म्याप देख्छन जुन तपाईंले तीनीहरुको लागि बनाउनु भएको छ।

\"\"

निर्देशनहरू म्यापमा मार्क गर्न सकिन्छ र जब तपाईंले वेबसाइटमा पठाउनु हुन्छ, त्यो सेयर हुन्छ । सुरु र अन्त्य गन्तव्यहरू ध्यानमा राखेर म्यापको दुईटा पोइन्ट्समा राईट क्लिक गर्नुहोस् र डिरेक्सन सेट गर्नुहोस् । सहि रूट सेलेक्ट छ कि छैन, चेक गर्नुहोस र वैकल्पिक बाटोहरुको विकल्प पनि खोज्नुहोस् ।

स्क्रीनको शीर्ष बायाँ कुना तिर रहेको मेनु आइकनमा क्लिक गर्नुहोस् र सेयर एन्ड इम्बेड म्याप सेलेक्ट गर्नुहोस्। सेयर गर्दा त्यँहा भएको लिंक कपि गर्नुहोस् र त्यो लिंक लाई पेस्ट गर्नुहोस जहाँ तपाईंलाई सेयर गर्नुछ । त्यो चाहे ईमेलमा होस् या फकेबूक पोस्टमा।

\"\"

\"\"

इम्बेड गर्न तपाईंले इम्बेड म्याप ओपसन सेलेकट गर्नुहोस् र इम्बेड साइज छानेर एचटीएमएल (HTML) कोड कपि गर्नुहोस् र आफ्नो वेबसाईट वा ब्लगको सोर्स कोडमा पेस्ट गर्नुहोस।

\"\"

यसरी तपाईंले गूगल म्याप्सबाट नक्सा सेयर र इम्बेड गर्न सक्नुहुनेछ।